नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान
ajakoartha.com · Sat Jun 27 05:19:00 GMT 2026

काठमाडौं- आज सूक्ष्म, साना तथा मझौला उद्यम दिवस हो । ‘नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत सूक्ष्म, साना तथा मझौला उद्यमलाई सशक्त बनाऔँ’ नाराका साथ यो दिवस विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदै छ ।
सूक्ष्म, साना तथा मझौला उद्यम (एमएसएमई) ले दिगो विकास, रोजगारी सिर्जना र समावेशी आर्थिक वृद्धिमा पु¥याएको योगदानबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घले सन् २०१७ देखि प्रत्येक वर्ष जुन २७ मा यो दिवस मनाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)