बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा
nepalnews.com · Wed May 27 01:12:32 GMT 2026
काठमाडौँ । डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर मा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसिबी फाइल पुगेको हो । अघिल्लो सिजनको विजेता आरसिबी लगातार दोस्रो पटक फाइनल पुग्न सफल भएको हो ।
गत वर्ष पहिलो पटक च्याम्पियन भएको बेंगलुरुसामु उपाधि रक्षा गर्ने अवसर हुनेछ । अब बुधबार हुने एलिमिनेटरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्नेछन् । त्यसमा विजयी हुने टिमले क्वालिफायर–२ मा गुजरातको सामना गर्नेछ । त्यसकै विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)