गुजरातलाई ९२ रनले हराउँदै आरसीबी दोस्रो पटक आईपीएल फाइनलमा पुग्यो
nagariknews.nagariknetwork.com · Wed May 27 01:02:57 GMT 2026
रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लगातार दोस्रो सिजन इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको विशाल अन्तरले पराजित गर्दै बैंगलोरले फाइनलको यात्रा तय गरेको हो।
पराजित गुजरातले भने फाइनल प्रवेशका लागि अब एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ। बुधबार नयाँ चण्डीगढमा हुने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)