बहालवाला न्यायाधीश श्रेष्ठलाई बोनम्यारो, अत्यधिक उपचार खर्च लाग्ने भएपछि सहयोगको अपिल
corporatenepal.com · Wed May 27 01:29:54 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतका बहालवाला न्यायाधीश तिलप्रसाद श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका छन् । बोनम्यारो क्यान्सर पुष्टि भएपछि उनी हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचार गराइरहेका छन् ।
न्यायपालिका अधिकृत समाजले मंगलबार सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । सूचनामा न्याय क्षेत्रमा उनले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)