प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
nepallive.com · Wed May 27 02:00:47 GMT 2026

काठमाडौँ– संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो ।
प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ । साथै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)