सुनकोशी मरिनमा संलग्नसहित ११ ठेकेदार कम्पनी कालोसूचीमा
corporatenepal.com · Wed May 27 02:39:53 GMT 2026

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको उक्त कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही गरिएको जनाएको हो।
कार्यालयद्वारा जारी सूचनाअनुसार ठेक्का सम्झौताअनुसारको काम समयमै सम्पन्न नगरेपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा (१) बमोजिम निर्माण कम्पनीहरूलाई कालोसूचीमा समावेश गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)