आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
barnanmedia.com · Fri Sep 11 21:25:00 GMT 2026

म्यान्माका सैन्य समर्थित सरकारका नेता मिन आङ ह्लाइङले आसियानसँग सम्बन्ध सुधार्ने प्रयास तीव्र पार्नुभएको छ । उहाँले शुक्रबार कम्बोडियाको दुईदिने भ्रमण सुरु गर्नुभएको हो । भ्रमणका क्रममा उहाँले सिनेट अध्यक्ष हुन सेनसहित वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
सन् २०२१ मा सेनाले आङ सान सुकी नेतृत्वको सरकार अपदस्थ गरेपछि म्यान्मा आसियानमा कूटनीतिक रूपमा अलग भएको थियो । हिंसा अन्त्य, संवाद र मानवीय सहायता अघि बढाउने आसियानको पाँचबुँदे शान्ति योजनामा अपेक्षित प्रगति नभएपछि मिन आङ ह्लाइङलाई आसियानका उच्चस्तरीय बैठकमा सहभागी हुन रोक लगाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)