कोशी राजमार्गले जोड्यो, भारत र चीनको सीमा नाका
kendrabindu.com · Wed May 27 03:24:42 GMT 2026

धनकुटा । भारतीय सीमा नाका जोगवनी र चीनको सीमानाका किमाथाङ्का सडक सञ्जालमा जोडिएका छन् । संखुवासभाको दुर्गम हिमाली भोटखोला क्षेत्रको चीन सीमानजिक किमाथांकासम्म सडक पुगेपछि चीन र भारत सडक सञ्जाल जोडिएको हो ।
उत्तर–दक्षिण कोशी सडक योजना कार्यालयका अनुसार मोरङको जोगवनीदेखि किमाथांकासम्मको ३ सय ५७ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । खाँदबारी–किमाथांका १ सय ५७ किलोमिटर तथा खाँदबारी–जोगवनी २ सय किलोमिटर सडक तयार भएको छ । हाल खाँदबारीसम्म २ सय किलोमिटर कालोपत्र सडक सञ्चालनमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)