टिपरको ठक्करबाट मजदुरको मृत्यु
ajakoartha.com · Sat Jun 27 05:31:00 GMT 2026

काठमाडौं- जिल्लाको धवलागिरि गाउँपालिका(४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आयोजना क्षेत्रमा बाप्र ०१(००४ क १३७७ नम्बरको टिपर पछाडि लैजाने क्रममा पैदल हिँडिरहेका मजदुरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कञ्चनपुरको लालझाडी गाउँपालिका(४ निवासी ३५ वर्षीय भीमबहादुर सार्की गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि प्रदेश अस्पताल बेनी ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)