आम्दानीको स्रोत बन्यो रातो च्याउ
barnanmedia.com · Fri Sep 11 23:51:48 GMT 2026

म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त हुुनुहुन्छ । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उहाँले भन्नुभयो, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।”
नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जङ्गल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको सोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुुटाको नजिकै बसेर ओगट्ने चलन छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)