शव पहिचानमा ‘फेस ट्याप’ प्रविधि
gorkhapatraonline.com · Sat Sep 12 00:35:13 GMT 2026

गत भदौ १० गते भोटेकोशी हिमबाढीपछि फेला परेका शव पहिचानका लागि नेपाल प्रहरी आफैँले बनाएको ‘फेस ट्याप’ एआई प्रविधि प्रयोगमा ल्याइएको छ । प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम ‘एआई सेल’ ले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाढीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो ।
‘फेस ट्याप’ सफ्टवेयरमा पहिचान खुल्न नसकेको शवको मुहारको फोटो राखिन्छ र परिवारका सदस्यबाट प्राप्त हराएका व्यक्तिको फोटो राखेर उक्त शव कुनसँग मेल खान्छ भनेर प्रविधिबाट पहिचानको प्रयास गरिन्छ । जुन प्रविधिले क्षतविक्षत चिन्न कठिन शवको मुहारको तस्बिर र पहिले खिचिएको व्यक्तिको तस्बिरलाई एआई गणितीय प्रविधिबाट तुलना एवं विश्लेषण गर्ने काम गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)