जाजरकोटमा गाडी दुर्घटना, ७ जना घाइते
gorkhapatraonline.com · Wed May 27 06:10:47 GMT 2026

जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छेडागाड नगरपालिका –१३ कार्कीगाउँदेखि नेपालगञ्जतर्फ गइरहेको लु.प्र. ०१००१ ख ०१९७ नम्बरको फोर्श गाडि आज विहान मध्यपहाडी सडक अन्तर्गत भेरी नगरपालिका ८ चौखे ढुङ्गा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार विहान ८ वजे दुर्घटनाको खवर पाएलगत्तै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्वुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याउर उपचार भइरहेको जानकारी दिनुभयो । सबै घाइइतेहरुको खतरामुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)