आज कति मुल्यमा कारोबार हुँदैछ अमेरिकी डलर र अन्य मुद्रा ?
kendrabindu.com · Sat Sep 12 00:50:14 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको मूल्यमा केही वृद्धि भएको छ । शुक्रबार प्रतिडलर १५२ रुपैयाँ ४१ पैसा खरिददर र बिक्रीदर १५३ रुपैयाँ ३ पैसा रहेकोमा आज १७ पैसाले वृद्धि भइ खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कका अनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)