बाढीले दिएको पीडा : तुइन तर्न पर्खनुपर्छ ५ घण्टा
annapurnapost.com · Sat Sep 12 01:03:55 GMT 2026

नुवाकोट : भदौ १० गतेको भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले स्थानीयको जनजीवन सकसपूर्ण भएको छ। पक्की तथा झोलुंगेपुल बगेपछि वडा नम्बर १ इन्द्रायणी चौरबाट वडा नम्बर ९ कोलनी जोड्ने गरी तुइन त तयार गरिएको छ। तर, आवतजावत सहज छैन। बाढीले बाटो र पुल खोसेपछि अहिले यहाँका बासिन्दा तुइन तर्न ५ घण्टा पर्खनुपर्ने सास्ती भोग्न बाध्य छन्।
भदौ १५ गते विदुर–१ इन्द्रायणी चौर र विदुर–९ कोलनी जोड्न २ सय ५५ मिटर लामो तुइन हालिएको थियो। तर, दैनिक हजारौं नागरिकको आउजाउ हुने यो नाकामा घण्टौं लामो लाइन लाग्ने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)