आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
barnanmedia.com · Sat Sep 12 01:06:21 GMT 2026

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (भदौ २७ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ६५ पैसा कायम भएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ १८ पैसा र बिक्रीदर २०६ रुपैयाँ ९९ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०८ पैसा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)