भोेटेकोशी बाढीमा नवलपुर मध्यविन्दुका १२ कामदार सम्पर्क विहीन
annapurnapost.com · Thu Aug 27 09:01:39 GMT 2026

नवलपुर : भोेटेकोशी नदीमा आएको भीषण बाढीका कारण नवलपुरको मध्यविन्दु नगरपालिकाका १२ जना नागरिक सम्पर्कविहीन भएका छन्।रोजगारीको सिलसिलामा रसुवाको टिमुरेमा रहेको तेन्जिङ शेर्पा हाइड्रोपावर बिल्डिङ कन्स्ट्रक्सनुमा कार्यरत मध्यविन्दु नगरपालिका वडा नं। १ र ५ का स्थानीय कामदारहरू बाढीपछि सम्पर्कविहीन भएको मध्यविन्दु नगरपालिकाले जानकारी दिएको छ।
मध्यविन्दु नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले भदौ ११ गते जिल्ला प्रशासन कार्यालय कावासोतीलाई पत्र लेख्दै उनीहरूको खोजी तथा उद्धारका लागि पहल गरिदिन अनुरोध गरेको छ। राजस्व शाखा प्रमुख कल्पना आचार्य शर्माद्वारा हस्ताक्षरित पत्रमा बाढीका कारण ती कामदारहरूसँग सम्पर्क विच्छेद भएको उल्लेख छ। सम्पर्कविहीन हुनेहरूमा मध्यविन्दु–१ सेतापानीका हेम बहादुर चौधरी, हुसन बहादुर थारु र कालीराम महतो थारु रहेका छन्। यस्तै मध्यविन्दु–५ बाघखोरका जिवन विक, गंगाराम मुखिया, बिशाल मुखिया, सिताराम महतो, युद्ध महतो, एकादेव महतो, नुम नारायण महतो, केवल प्रसाद महतो र तेज बहादुर थारु रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)