रसुवा बाढी : ४ हजारभन्दा बढी प्रहरी परिचालित, २७० शव फेला
aarthiknews.com

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि उद्धार, खोज तथा राहत कार्यका लागि नेपाल प्रहरीले ४ हजार ५० जना प्रहरी कर्मचारी परिचालन गरेको छ । बिहीबार दिउँसो १ः३० बजेसम्मको विवरणअनुसार बाढी प्रभावित क्षेत्रबाट २७० जनाको शव फेला परेको छ भने ६६ जना विभिन्न अस्पतालमा उपचाररत छन्।
नेपाल प्रहरीका अनुसार हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन्। विभिन्न प्रहरी इकाइमा कार्यरत कर्मचारीमध्ये अधिकांशसँग सम्पर्क स्थापित भए पनि केहीको अवस्था अझै अज्ञात रहेको जनाएको छ। प्रहरीको विवरणअनुसार इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)