तेह्र हजारको उद्धार, पाँच हजार अझै बेपत्ता
barnanmedia.com · Sat Sep 12 01:15:11 GMT 2026

रसुवामा भदौ १० गते आएको भोटेकोशी हिमबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ । पाँच हजारभन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ३८६ पुगेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले रसुवा, नुवाकोटलगायत प्रभावित जिल्लामा खोज तथा उद्धार कार्य जारी रहेको र सम्पर्कविहीनमध्ये रसुवाबाट मात्रै दुई हजारभन्दा बढी रहेको बताउनुभयो ।
महतले भन्नुभयो, “बाढीबाट प्रभावित विभिन्न स्थानमा फेला परेका शवमध्ये हालसम्म १०४ को सनाखत गरी परिवारलाई बुझाइएको छ । शवको पहिचानका लागि एक हजार ३८६ मृतक र एक हजार ७५१ आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ । उहाँका अनुसार नेपाली सेनाले हालसम्म एक हजार ४५५ पटक तथा सशस्त्र प्रहरी बलले ३२० पटक हेलिकोप्टर उडान गरी प्रभावित क्षेत्रबाट उद्धार तथा राहत कार्य सञ्चालन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)