कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन
reportersnepal.com · Thu Aug 27 09:05:56 GMT 2026

धादिङ, ११ भदौ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, अनावश्यक मूल्यवृद्धि र कालोबजारी हुन नदिन बजार अनुगमन गरिएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माको नेतृत्वमा आज धादिङबेँसी बजार क्षेत्रमा अनुगमन गरिएको हो । सडक सम्पर्क अवरुद्ध भएपछि खाद्यान्न, खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या आउन सक्ने आशङ्कासँगै अनावश्यक सञ्चय र मूल्यवृद्धि हुन नदिन अनुगमनलाई सक्रिय बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)