फ्रान्सेली लिग वान : रेनेस शीर्षस्थानमा
kendrabindu.com · Sat Sep 12 01:47:37 GMT 2026
काठमाडौं । रेनेसले नयाँ सिजन आफ्नो उत्कृष्ट सुरुआतलाई कायम राख्दै शुक्रबार फ्रान्सेली लिग वानमा मार्सेलाई १–० ले हराएको छ र लिग अंक तालिकाको शीर्षमा उक्लेको छ । खेलको एक मात्र गोल एडरिन थोमासनले दोस्रो हाफको सुरुतिर गरे ।
उनले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भएपछि रेनेस पूरा तीन अंक बटुल्न सफल रह्यो । यो जितपछि उसको चार खेलबाट दस अंक भएको छ र अहिलेसम्म अपराजित छ । त्यसमा तीन जित र एक बराबरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)