माझी बस्तीमा एकीकृत स्वास्थ्य शिविर
gorkhapatraonline.com · Sat Sep 12 01:45:19 GMT 2026

बागलुङ नगरपालिका–१२ माझी बस्तीमा एक दिने एकीकृत स्वास्थ्य शिविर गरिएको छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाको आयोजना, फेयरमेड फाउण्डेशन नेपाल र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनद्वारा सञ्चालित सम्बोधन परियोजनाको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।
शिविरबाट माझी समुदायका ६७ जनाले सेवा लिएका छन् । सेवा लिने मध्ये महिला ४१ जना र पुरुष २६ जना रहेको सम्बोधन परियोजनाका अनुगमन तथा प्राविधिक अधिकृत सुजन पौडेलले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)