हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा चिराइतो निर्यात
nepalnews.com · Sat Sep 12 01:55:40 GMT 2026

काठमाडौं। नेपाल र चीनको सीमावर्ती हिल्सा नाकाबाट पहिलो पटक औपचारिक रूपमा नेपाली जडीबुटी चिराइतो निर्यात गरिएको छ। मध्यपहाडी क्षेत्रमा उत्पादन हुने चिराइतो यसअघि हिल्सा नाकाबाट औपचारिक रूपमा निकासी हुन सकेको थिएन।
नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाका अनुसार व्यापारीहरूले काठमाडौंस्थित भन्सार विभागबाट क्वारेन्टाइनको पत्र प्राप्त गरेपछि जडीबुटी निकासीको बाटो खुलेको हो। हिल्सामा क्वारेन्टाइन सुविधा नभएका कारण व्यापारीले काठमाडौंबाटै आवश्यक कागजात ल्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)