पुजा महतोको अर्धशतकमा नेपालले चीनलाई दियो १२६ रनको लक्ष्य
kendrabindu.com · Wed May 27 07:33:47 GMT 2026
काठमाडौँ । मलेसियाको वायुमास क्रिकेट ओभलमा जारी महिला टी-२० आई एसियाली खेलकुद छनोट अन्तर्गत समूह चरणको खेलमा नेपालले चीनलाई जितका लागि १२६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनायो। नेपालको पारीमा प्रारम्भिक ब्याटर पुजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५७ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ६३ रन जोडिन्। यद्यपि, उनी १९.३ ओभरमा रन आउटको सिकार भइन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)