सुरुङ र भग्नावशेषभित्र बेपत्ताको खोजी, जलविद्युत् आयोजनामा उद्धार अभियान जारी
ajakoartha.com · Sat Sep 12 02:15:00 GMT 2026

काठमाडौं– भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाहरूमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार पनि जारी रहेको छ। माथिल्लो त्रिशूली–१, त्रिशूली थ्री ‘बी’, लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेना, उद्धार टोली तथा आयोजनाका प्राविधिकहरूले खोजी तथा उत्खननलाई निरन्तरता दिएका छन्।
माथिल्लो त्रिशूली–१ ९२१६ मेगावाट० आयोजनामा सुरुङ तथा हेडिक्स क्षेत्रमा हराइरहेकाहरूको खोजीका लागि आवश्यक कार्य शुक्रबार पनि जारी रह्यो। बिहीबार साँझ आयोजनाको सुरुङ क्षेत्रमा तालिमप्राप्त उद्धार कुकुरले संकेत गरेको स्थान पहिचान गरिएको थियो। शुक्रबार नेपाली सेना र कम्पनीका सर्वे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा अवलोकन गर्दा उक्त क्षेत्र पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको पाइएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)