आज विश्व प्राथमिक उपचार दिवस
arthasansar.com · Sat Sep 12 02:24:01 GMT 2026

विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदै छ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, बाढी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाइसराइ गर्ने गरेका छन् ।
यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ “ बसाइसराइ यात्रा सहज हुँदैन यसमा विभिन्न बाधा व्यवधानहरू आउन सक्छन् जस्तै अनिश्चित जीवन अवस्था, जीविकोपार्जनका उपाय नहुनु, आधारभूत स्वास्थ्य सेवाको पहुँचमा अवरोध, जोखिमपूर्ण मार्गको प्रयोग, भाषा, संस्कृति, भौगोलिक अवस्था आदिको जानकारी नहुनु, प्रशिक्षणको अभाव आदिका कारण बसाइसराइ गर्ने व्यक्तिमा एक्लोपन, चिडचिडाहट, थकान, मानसिक दवाव, स्वास्थ्य स्थितिमा गिरावट, बिरामीपन अनुभव, मानसिक तनाव हुन सक्छ । ”
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)