ठूला आयोजना बन्दै, कर्णालीको रूप फेरिँदै
annapurnapost.com · Sat Sep 12 02:18:56 GMT 2026

वीरेन्द्रनगर : कालीकोटको तिलागुफा, खाँडाचक्र नगरपालिका र महाँवै, शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिलानदीमा बन्न लागेका दुई ठुला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ। ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवद्र्धित ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग वित्तीय व्यवस्थापन सम्झौता भइसकेको छ। अर्धजलाशययुक्त यो आयोजनाको कुल लागत ७० अर्ब ७ करोड रुपैयाँ रहेको छ।
जसमा ७५ प्रतिशत ऋण लगानी रहनेछ। आयोजनाले सुक्खायाममा दैनिक ६ घण्टा पिकिङ क्षमतासहित वार्षिक २ हजार ३ सय १८ दशमलव ७९ गिगावाट आवर विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)