पश्चिमा दबाबबिच नजिकिँदै मोदी र पुटिन, ब्रिक्सलाई बलियो बनाउने दाउ
ratopati.com · Sat Sep 12 02:37:29 GMT 2026

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत र रुसबिचको सम्बन्ध अझ बलियो बनाउने सहमति गरेका छन् । साथै, पुटिनले पश्चिमा देशको प्रभावबाट बाहिर रहेर विश्व आर्थिक विकासका लागि ब्रिक्सलाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।
ब्रिक्स शिखर सम्मेलनको पूर्वसन्ध्यामा शुक्रबार नयाँदिल्लीमा मोदी र पुटिनबीच भेटवार्ता भएको हो । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियानसहित ब्रिक्सका सदस्य तथा साझेदार देशका नेताहरू सहभागी हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)