तिजप्रति बदलिँदो नारी चेतना
gorkhapatraonline.com · Sat Sep 12 02:36:32 GMT 2026

नेपाली समाजमा पर्वहरू केवल उत्सवका अवसर मात्र होइनन्; ती हाम्रो सामाजिक स्मृति, सांस्कृतिक पहिचान र सामूहिक जीवनशैलीका जीवन्त अभिव्यक्ति पनि हुन् । यिनै पर्वमध्ये तिज नेपाली नारीको भावनासँग गहिरोसँग जोडिएको विशिष्ट सांस्कृतिक पर्व हो । धार्मिक आस्था, पारिवारिक आत्मीयता, माइतीप्रतिको अनुराग, सामाजिक सम्बन्ध र महिलाको सामूहिक अभिव्यक्तिलाई एकै सूत्रमा बाँध्ने तिजले समयक्रमसँगै आफ्नो स्वरूप बदल्दै आए पनि यसको सांस्कृतिक महत्व भने अझै उत्तिकै प्रगाढ छ ।
हरितालिका तिजको धार्मिक पक्ष भगवान् शिव र पार्वतीको कथासँग जोडिएको छ । पौराणिक मान्यता अनुसार पार्वतीले भगवान् शिवलाई पतिका रूपमा प्राप्त गर्न कठोर तपस्या गर्नुभएको र उहाँको तपस्याबाट प्रसन्न भएर शिवले पार्वतीलाई स्वीकार गर्नुभएको विश्वास गरिन्छ । यही धार्मिक आस्थाका आधारमा विवाहित महिलाले पतिको दीर्घायु, सुख–समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै तथा अविवाहित महिलाले असल जीवनसाथीको कामना गर्दै तिजको व्रत बस्ने परम्परा रहिआएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)