साउदी अरबको तेल पाइपलाइनमा ड्रोन आक्रमण, विश्व बजारमा मूल्यवृद्धिको चिन्ता
nepalnews.com · Sat Sep 12 02:40:07 GMT 2026

काठमाडौं। साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट-वेस्ट’ तेल पाइपलाइनमा बिहीबार भएको ड्रोन आक्रमणपछि त्यसको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। साउदी ऊर्जा मन्त्रालयका अनुसार आक्रमणबाट पाइपलाइनका केही पम्पिङ स्टेसनमा क्षति पुग्नुका साथै केही मानिस घाइते भएका छन्। अमेरिकी अधिकारीहरूले प्रारम्भिक अनुसन्धानले उक्त ड्रोन इराकबाट आएको देखाएको बताएका छन्।
साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रमा रहेका पाइपलाइनमा धेरै ड्रोनबाट आक्रमण भएको पुष्टि गरेको छ। आक्रमणको जिम्मेवारी कसैले नलिए पनि साउदी अरबले तत्काल सैन्य प्रतिकार नगर्ने निर्णय गरेको छ। इराकी प्रधानमन्त्रीले आफ्नो भूमि छिमेकी मुलुकविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएपछि साउदी पक्षले उक्त कदमलाई समय दिएको जनाएको छ। इराक सरकारले पनि घटनाको निन्दा गर्दै अनुसन्धान सुरु गर्ने आदेश दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)