एसिसी प्रिमियर कप फाइनलः नेपाल र युएई मैदानमा, नेपालको ठोस सुरुवात
arthasansar.com · Sat Sep 12 02:46:07 GMT 2026
तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिडिरहेका छन् । नेपाल र युएईबीचको फाइनल खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बिहान ७ः१५ बजे सुरु भएको हो ।
दुवै टोली दोस्रोपटक एसिसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन् । नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई सात विकेटले हराउँदै उपाधि हात पारेको थियो । युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो । जारी खेलमा नेपालले टोस सुरुवात गरेको छ । नेपालले १७ ओभरमा विना विकोट ८७ रन बनाएर खेलिरहेको छ । ओपनर आशिफ शेख र अर्जुन कुमालले नेपालाई ठोस सुरुवात दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)