झरना र सुहाना एकसाथ अभिनित ‘बा: एक योद्धा’ कहिले आउँला?
himalpress.com · Sat Sep 12 02:58:38 GMT 2026

काठमाडौँ- चलचित्र ‘बा: एक योद्धा’ को नयाँ प्रदर्शन तय भएको छ । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण १९ भदौ १९ गतेदेखि प्रदर्शन आउने चलचित्र अब असोज ९ गते प्रदर्शनमा आउने भएको छ ।
शुक्रबार कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि निर्माण टिमले बाढी पीडितलाई दुई लाख रुपैयाँ सहयोग गर्दै यो फिल्म मंसिर २४ गतेलाई प्रदर्शन गरिने भनिएको थियो । तर अहिले वितरणसँग सल्लाह गरेर ९ असोजलाई प्रदर्शन मिति फाइनल गरिएको निर्माण युनिटले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)