कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा ५ लाख २५ हजार रुपैयाँ सहयोग
himalpress.com · Sat Sep 12 02:58:38 GMT 2026

काठमाडौँ- नेपाल चलचित्र कलाकार संघले बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु पाँच लाख २५ हजार ५२५ सहयोग गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा।विक्रम तिमिल्सिनाको उपस्थितिमा सङ्घका अध्यक्ष उत्तम केसीले आज अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सिंहदरबारमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि कलाकारहरूबाट रकम सङ्कलन गरी कोषमा जम्मा गरिएको सङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)