साउदीले १२०० किलोमिटर लामो तेल पाइपलाइन बन्द गर्यो
nepalviews.com · Sat Sep 12 03:04:17 GMT 2026

काठमाडौं । साउदी अरेबियाले आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन बन्द गरेको छ । मध्यपूर्वमा युद्ध चर्किरहेका बेला उक्त पाइपलाइनमा हवाई हमला भएपछि सावधानीस्वरूप पाइपलाइन बन्द गरिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ ।
विश्वकै सबैभन्दा ठूलो कच्चा तेल निर्यातक साउदीले पाइपलाइनमा भएको ड्रोन हमलापछि त्यसलाई अस्थायी रूपमा बन्द गरेको हो । साउदी र इराक दुवैले उक्त ड्रोन इराकबाट आएको बताएका छन् । इराकमा इरानसमर्थित सशस्त्र समूहहरूको प्रभाव रहेको छ । हमलापछि इराकले एक सैन्य कमान्डरलाई पदबाट हटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)