भोटेकोशी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड रुपैयाँ संकलन
arthasansar.com · Sat Sep 12 03:03:14 GMT 2026

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा हालसम्म १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषमा रहेको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ नगद मौज्दात छ । त्यसैगरी, दुई वटा वाणिज्य बैंकमा २ करोड ३२ लाख ८४ हजार ७७ अमेरिकी डलर पनि जम्मा रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)