विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी सवारी सञ्चालन
gorkhapatraonline.com · Sat Sep 12 03:08:14 GMT 2026

बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरणअनुसार बागमती र कर्णाली प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध तथा एकतर्फी सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेमा बीपी राजमार्गमा बाढीको सम्भावनालाई मध्यनजर गर्दै निश्चित समयका लागि सवारी आवागमनमा रोक लगाइएको छ। सूचनामा वैकल्पिक व्यवस्थासहित सवारी सञ्चालनका लागि समय निर्धारण गरिएको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)