अगस्ट २०२६ विश्वकै सबैभन्दा तातो महिनामध्ये एक, समुद्रको तापक्रम पनि उच्च बिन्दुमा
nepalsamaya.com · Sat Sep 12 03:37:00 GMT 2026

काठमाडौं- सन् २०२६ को अगस्ट विश्वभर अहिलेसम्मकै सबैभन्दा तातो महिनामध्ये एक बनेको छ। युरोपेली मध्यम अवधिको मौसम पूर्वानुमान केन्द्रअन्तर्गतको कोपर्निकस जलवायु परिवर्तन सेवाले सार्वजनिक गरेको प्रतिवेदनअनुसार अगस्टको विश्वव्यापी औसत सतह तापक्रम सन् १८५०–१९०० को औद्योगिक युगअघिको औसतभन्दा १.६५ डिग्री सेल्सियस बढी रहेको थियो।
अगस्ट २०२६ को तापक्रम यसअघि सन् २०२३ को जुलाईमा कायम भएको विश्वकै उच्च मासिक तापक्रमसँग बराबर रहेको प्रतिवेदनमा उल्लेख छ। यससँगै अगस्ट २०२६ अहिलेसम्मका सबै पात्रो महिनामध्ये संयुक्त रूपमा सबैभन्दा तातो महिना बनेको छ। यसअघि यस्तो उच्च तापक्रम सन् २०२३ को जुलाईमा रेकर्ड भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)