पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
onlinekhabar.com · Sat Sep 12 03:38:51 GMT 2026

२७ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ त्रियासीस्थित यवादीमा खहरेधनुबाँसे आयुर्वेद औषधालयको भवन निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । भवन निर्माण अलपत्र परेपछि औषधालयले भाडाको घरबाट सीमित सेवा दिँदै आएको छ ।
स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको भवन संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय पोखराअन्तर्गत २०७७ फागुनमा सेफ इन्जिनियरिङ बिल्डर्स प्रालि चितवनसँग १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी एक करोड ५८ लाख ८६ हजार एक सय ५५ रुपैयाँको लागतमा भवन निर्माणको सम्झौता भएको थियो । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण पाँच वर्षसम्म पनि भवन आधामै रोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)