बाजुरामा कोदो उत्पादन बढ्दै
gorkhapatraonline.com · Sat Sep 12 03:46:00 GMT 2026

बाजुरामा पछिल्लो समय कोदो उत्पादन बढ्दै गएको छ । विगतमा कोदो खेती गर्न छाडेका यहाँका किसान अहिले पुनः कोदो खेती गर्न थालेका छन् । जिल्लाका नौवटै स्थानीय तहले किसानलाई कोदो खेतीप्रति उत्प्रेरित गर्दै आएपछि उत्पादनमा समेत वृद्धि भएको हो ।
कृषि ज्ञान केन्द्र, बाजुराका अनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा करिब पाँच हजार ३६० मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०८२/८३ मा भने छ हजार २०० मेट्रिक टन कोदो उत्पादन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)