बहत्तर वर्षमा नागरिकता हातमा
gorkhapatraonline.com · Sat Sep 12 03:58:49 GMT 2026

दशरथ चन्द नगरपालिका–१, पितलथलाकी भुन्टी लुहारले नेपाली नागरिकताको प्रमाणपत्र हातमा पाउँदा उहाँको उमेर ७२ वर्ष पुगिसकेको थियो । जीवनको उत्तरार्धमा नागरिकता पाउनु उहाँका लागि एउटा कागजको प्रमाणपत्र मात्र थिएन, राज्यसँग आफ्नो औपचारिक सम्बन्ध स्थापित भएको अनुभूति पनि थियो । अविवाहित तथा बौद्धिक अपाङ्गता भएकी भुन्टी बुवाआमाको सहारामा जीवन बिताउँदै आउनुभएको थियो । बुवाआमाको निधनपछि दाजुको सहारामा जीवन गुजार्दै आएकी उहाँसँग नागरिकता नहुँदा राज्यबाट प्राप्त हुने कतिपय सेवा सुविधाबाट समेत वञ्चित हुँदै आउनुभएको थियो ।
नागरिकता बनाउने प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा ७२ वर्षसम्म उहाँको नागरिकता बन्न सकेन । आफू जस्ता नागरिकले राज्यबाट सामाजिक सुरक्षा भत्तालगायतका सुविधा पाउने जानकारीसमेत उहाँलाई थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)