विद्युत् अभाव भएपछि हातैले लेखेर पत्राचार
gorkhapatraonline.com · Sat Sep 12 04:03:30 GMT 2026

हिमाली जिल्ला हुम्लाका सरकारी कार्यालयले अहिले पनि हातैले लेखेर पत्राचार गर्नुपर्ने अवस्था आएको छ । विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रको पावरहाउसमा रहेको मेसिनमा खराबी आएपछि विद्युत् बन्द हुँदा अत्यावश्यक पत्राचार गर्नुपर्ने पत्रहरू हातैले लेख्नुपर्ने बाध्यता आएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता निशा केसी भन्नुहुन्छ, “कार्यालयले कागजविहीन रूपमा काम गर्नुपर्ने अवधारणा आइरहेको समयमा यहाँका कार्यालयले भने हातले लेखेर पत्राचार गर्नुपर्ने अवस्थामा आएको छ । तीन हप्ताअगाडि हिल्दुम विद्युत् वितरण केन्द्रको पावरहाउसमा रहेको एउटा महत्वपूर्ण मेसिनको गभर्नरले काम गर्न छोडेपछि विद्युत् उत्पादन बन्द छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)