पुल नहुँदा जोखिमको यात्रा
gorkhapatraonline.com · Sat Sep 12 04:06:26 GMT 2026

कालीगण्डकी कोरिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारीचालकले वर्षायाममा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
सडक निर्माण भए पनि खोलामा पुल नहुँदा पानीको बहाब बढेका बेला आवतजावतमा समस्या हुने गरेको हो । कालीगण्डकी कोरिडोरको रिडी–हर्मीचौर सडकखण्ड अन्तर्गत दिहिङखोला र बडहरेखोलामा पुल नहुँदा वर्षायाममा यातायात प्रभावित हुँदै आएको छ । सामान्य अवस्थामा सवारीसाधन सञ्चालन हुने गरे पनि पानीको बहाब बढेपछि खोला तर्न जोखिम हुने गरेको यात्रुहरूको भनाइ छ । कालीगण्डकी गाउँपालिका–१ का मोहोनीलाल भट्टराईले दिहिङखोला र बडहरेखोलामा पानीको बहाब बढ्दा मोटरसाइकलबाट यात्रा गर्न समस्या हुने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)