अर्थमन्त्री वाग्लेले गरे राष्ट्रिय सभामा पनि आर्थिक सर्वेक्षण पेस
hamrakura.com · Wed May 27 00:00:00 GMT 2026
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा पनि ‘आर्थिक सर्वेक्षण २०८२/२०८३’ पेस गरेको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आर्थिक सर्वेक्षण पेस गरेका हुन्।
सभामा आर्थिक सर्वेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा सीमित हुने अनुमान रहेको बताए। प्रतिकूल विश्व परिवेशका बाबजुद चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि हुने अनुमान रहेको उनले जानकारी दिए। प्रदेशगत रूपमा बागमती र गण्डकी प्रदेशबाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अर्थमन्त्री वाग्लेको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)