गैँडाकोटमा दुई बस एकआपसमा ठोक्किँदा १८ जना घाइते
ratopati.com · Sat Sep 12 04:18:45 GMT 2026

नवलपरासी । गैँडाकोट नगरपालिका –१२, हर्कपुरस्थित दुई वटा बस एकआपसमा ठोक्किँदा १८ जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ६:५० बजेको समयमा गैँडाकोट नगरपालिका–१२, हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु.२ ख ६४५७ नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु.२ ख ६०३६ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)