साइड लाग्दै स्टार, अघि बढ्दै चरित्र अभिनेता
baahrakhari.com · Sat Sep 12 04:17:47 GMT 2026

काठमाडौं । नेपाली चलचित्र उद्योग सधैँ उतारचाढवपूर्ण छ । स्टारडम भएका कलाकारका सिनेमाले बक्सअफिसमा ठिकठाक मात्र व्यापार गरिरहेका बेला नजरअन्दाज गरिएका अभिनेताका चलचित्र नयाँनयाँ रेकर्ड बनाएर अगाडि आइरहेका छन् । मोटो पारिश्रमिक लिनेका सिनेमा बक्सअफिसमा फिका हुँदा चरित्र अभिनयमा रहेका कलाकारका चलचित्रले राम्रो आम्दानी गरिरहेका छन् ।
स्टारडम भएका भनेर भनिने कलाकारका चलचित्रको व्यापारलाई अरूका सिनेमाको ग्रसकलेक्सनले उछिनिरहेका छन् । पारिश्रमिक र प्रचारका हिसाबले अनमोल केसी, प्रदीप खड्का, विपीन कार्की, दयाहाङ राईलगायत अभिनेतालाई स्टारडम भएका कलाकार भनिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)