भ्रमण मात्र होइन अबको पर्यटन
gorkhapatraonline.com · Sat Sep 12 04:25:42 GMT 2026

नेपाल सरकारले विक्रम संवत् २०८५ लाई पुनः ‘भ्रमण वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । यस अभियानको मुख्य लक्ष्य भनेको नेपाललाई विश्व पर्यटनको नक्सामा एक आकर्षक र प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्नु हो । यसका लागि धार्मिक, सांस्कृतिक, स्वास्थ्य र अनुभवमा आधारित पर्यटनलाई विशेष प्राथमिकता दिने नीति लिइएको छ । रसुवाको भोटेकोशी बाढीका कारण नेपालको पर्यटन क्षेत्रमा कस्तो असर पर्छ त्यो भने हेर्न बाँकी नै छ तर प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) ले भने उत्तरी भेगका केही पर्यटकीय गन्तव्यबाहेकका क्षेत्र सुरक्षित रहेको जनाएको छ । साथै नेपालमा भ्रमण र पर्यटकीय गतिविधि जारी राख्न पनि विश्व समुदायलाई पाटाले आग्रह गरेको छ ।
आजको समयमा पर्यटनको सफलता भनेको केवल पर्यटकको सङ्ख्या बढाउनु मात्र होइन । वास्तविक सफलता तब हुन्छ जब यहाँ आउने पर्यटकले लामो समय बिताउन चाहन्छन्, यहाँका क्षणलाई जीवनभरको सम्झना बनाउँछन् र फेरि नेपाल फर्कने चाहना बोकेर आफ्नो देश फर्कन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)