भाका फेरिएको तिज
gorkhapatraonline.com · Sat Sep 12 04:38:05 GMT 2026

नेपाली हिन्दु महिलाको मौलिक तथा सांस्कृतिक पर्व हो– तिज । विवाहित महिलाका लागि तिजको व्रत भक्ति, भाव, विश्वास, उत्साह र खुसीको अभिव्यक्ति हो । धार्मिक, सांस्कृतिक, सामाजिक र आत्मिक भावनालाई एकैसाथ एकताको सूत्रमा बाँध्ने अवसर पनि हो– तिज ।
परम्परादेखि चलिआएको तिज महामाया पार्वतीले महादेवलाई पतिका रूपमा पाउन गरेको उपासनाबाट नै आरम्भ भएको कुरा ‘भविष्य पुराण’ मा उल्लेख गरिएको छ । नेपाली समाजमा तिज विशेष पर्व मात्र होइन, बरु आस्थाको धरोहर पनि हो । आफ्नो घरपरिवारमा विवाहित महिलाले भाद्र शुक्ल तृतीयाका दिन शिव–पार्वतीको भक्तिभावमा डुब्दै एकचित्त भई पूजाअर्चना गर्छन् । अटल सौभाग्यको कामना गर्दै चेलीबेटीहरू प्रायःजसो माइतीघरमा श्रद्धाको साथ रमाउँदै तिज मनाउँछन् । आमाको काखमा दिदीबहिनीसँग खुसी साटासाट गर्दै मिठोमसिनो दर खाँदै कति छिट्टै समय बित्छ, पत्तै हुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)