बालसंरक्षण गृह सञ्चालन
barnanmedia.com · Sat Jun 20 05:23:55 GMT 2026

खजुरा गाउँपालिकाले असहाय, अनाथ तथा जोखिममा परेका बालबालिकाको संरक्षण र व्यवस्थापनका लागि बालसंरक्षण गृह सञ्चालनमा ल्याएको छ । गाउँपालिकाभित्रका अभिभावकविहीन भई सडकमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्न आफ्नै लगानीमा पालिकाले ‘खजुरा बालसंरक्षण गृह’ सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाका अध्यक्ष डम्बर विकले भन्नुभयो, “हरेक बालबालिकाको सपना, शिक्षा, माया र सुरक्षित भविष्यकोअधिकार सुनिश्चित गर्नु स्थानीय सरकारको दायित्व हो । यो संरक्षण गृहले बालबालिकालाई केवल आश्रय मात्र दिने छैन, उनीहरूलाई आत्मनिर्भर र असल नागरिक बनाउन शिक्षा र स्वास्थ्यकोसमेत पूर्ण रूपले सुनिश्चित गर्नेछ ।” उहाँले बालबालिकाको चौतर्फी विकास र न्यायपूर्ण वातावरणका लागि यो गृह कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)