हामी सरकारसंग मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि तयार हुनुपर्छ : अध्यक्ष ओली
barnanmedia.com · Sat Sep 12 04:40:47 GMT 2026

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला राज्यशक्तिको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिनुभएको छ ।
बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा राहत तथा उद्धारका लागि खटिन लागेको एमालेको सम्पर्क विशेष संगठन कमिटीको टोलीलाई बिदाइ तथा निर्देशन दिँदै ओलीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि सुझाव दिनुभएको हो । ओलीले राहत तथा उद्धारमा सहयोग गर्न चाहने संगठित संस्था र स्वयंसेवकलाई काम गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)