फाइनल खेलमा नेपालले दियो यूएईलाई ३१४ रनको लक्ष्य, आशिफको शतक
ratopati.com · Sat Sep 12 05:23:36 GMT 2026
काठमाडौँ । ओपनर आशिफ शेखको शतकमा तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई ३ सय १४ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरमा रहेको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ३ सय १४ रन बनायो ।
नेपालका आशिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारी खेले । यस्तै गुलशन झाले ३८ खेलमा ५२ रनसहित अर्धशतक बनाए । अजुर्न कुमालले ६३ बलमा ४३ रन र रोहितकुमार पौडेलले ४४ खेलमा ४० रन बनाए । यूएईका अब्रार अहमदले ४, खुजाईमा तनवीरले २, हैदर अली र अदिब उस्मानीले समान १ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)