नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने
nagariknews.nagariknetwork.com · Sat Sep 12 05:16:09 GMT 2026
पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधिका लागि अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराजबीच आज प्रतिस्पर्धा हुँदैछ। यी दुई टोलीबीचको उपाधि भिडन्त आज दिउँसो ४ः०० बजेदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुनेछ।
अन्नपूर्णले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको थियो। उसले लिग चरणमा पाँच खेलमध्ये चारमा जित र एकमा हार ब्यहोरेको थियो। अन्नपूर्ण तालिकाको शीर्ष स्थानमा रहँदै सोझै फाइनल खेलिरहेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)